Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

स्पेनिस ला लिगा: दस खेलाडीमा सिमित एट्लेटिको विजयी

२७ फागुन २०७८, शुक्रवार

काठमाडौं २८ फागुन-स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदान एट्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक एक गोल गरे । 

काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एट्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए  । २८ खेलबाट ५१ अंक बनाएको एट्लेटिको शीर्ष तीनमा उक्लिएको छ  । काडिज भने २८ खेलबाट २४ अंक सहित १८औं स्थानमा छ ।