सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइनः गृहमन्त्री खाँण
२६ फागुन २०७८, बिहिवार
२६ फागुन २०७८, बिहिवार
काठमाडौं, २७ फागुन -गृहमन्त्री बालकृष्ण खाँणले सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने नभएको बताएका छन् । पाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारको काम व्यवसायीलाई काम गर्न सहज हुने वातावरण निर्माण गरिदिने रहेको जनाए ।
‘तराईदेखि हिमालसम्मको बाटो र पुल निर्माण गर्न विदेशी कम्पनीको आवश्यकता छैन । नेपाली निर्माण व्यवसायी सक्षम बनेका छन्,’ गृहमन्त्री खाँणले भने, ‘सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइन । वातावरण सहज बनाइदिने हो ।’ निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने, विश्वास अझ जनतासामु मुखरित गराउन वातावरण बनाउन वर्तमान सरकार गम्भिर रहेको उनले बताए ।‘निर्माण व्यवसायी देशका धरोधर हुन् । कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्छ,’ उनले भने ।
© 2022 Live Nepal News
Designed by : Global Studio