Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
राजनीति

सर्वोर्च्च अदालतमा नपत्याउने गोरु ब्याएर ५ वटा बाच्छा समेत जन्माएको छ :ओली

२६ फागुन २०७८, बिहिवार

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गरेका छन् । आज  पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाए उनले थपे  अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै होइन  ५ वटा बाच्छा समेत जन्माएको छ ।

 

अध्यक्ष ओलीले आक्रोसित हुदै भने : आफूहरुले परमादेशको समर्थन गर्न सक्दिनौ  ‘जनादेशको माखौल उडाइएको छ । जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाईएको छ । सेटिङमा सब काम भइरहेको छ, ‘यी कुरा लोकतन्त्रको पक्षमा होइन । एक जना न्यायाधीशको अभिव्यक्तिमा प्रस्ट बुझ्न सकिन्छ  । एउटा इमेल अमेरिकाबाटै आउँछ, केपी ओलीको सरकार ढाल्नु नै थियो भन्दै  हिडेको सबैले देखेकैछौं सुनेकै छौं  । न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? त्यहाँनेर पूर्वाग्रह, दुराग्रह र विकास विरोधी षड्यन्त्र भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ भन्दै आक्रोस पोखेका थिए।