संसद बैठक २ चैतमा बस्ने
२८ फागुन २०७८, शनिवार
२८ फागुन २०७८, शनिवार
काठमाडौं, २९ फागुन -प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।
आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको ।
बैठकमा सांसदद्वय भीम रावल र प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरिरहेको र यसप्रति नेपाल सरकार मौन बसेको अन्दै आपत्ति जनाए । एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन रावलले माग गर्दा सुवालले एमसीसी खारेज गर्न माग गरे । एमाले सांसदकाे नाराबाजीबीच सभामुख सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका हुन् । सापकाेटाले संसदमा कायम अवराेध हटाउन आजकाे बैठकमा रुलिङसमेत गरेका थिए ।
© 2022 Live Nepal News
Designed by : Global Studio