Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
खेलकुद

श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

२६ फागुन २०७८, बिहिवार

काठमाडौं - अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले  अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ ।

नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा  १८७ रनमै सेमेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो । श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए ।  यस्तै एस मौर्याले ५०, एल वेभिताले ३७ रनको योगदान गरे ।

नेपालको जितमा करण केसीले ३ विकेट लिए । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले समान २-२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३१ रनको विशाल योगफल तयार पारेको थियो । 

श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पूरा गरेका थिए  ।  रोहित पौडेलले  सर्वाधिक ७२ रन बनाए । कुशल भुर्तेलले ५७ रन,  करणले ५३ रन तथा आसिफ शेखले ५२ रनको योगदान गरे । यस्तै कमल सिंह ऐरीले अविजित ४५ रन, आरिफ शेखले २६ बनाए ।