Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
खेलकुद

श्रीलंका-११विरुद्ध नेपाल बलिङमा

२६ फागुन २०७८, बिहिवार

काठमाडौं, २७ फागुन -अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबार अन्तिम दिन श्रीलंका राष्ट्रिय टिमका पूर्व खेलाडी सम्मिलित श्रीलंका कम्बाईन ११ विरुद्ध खेल्दै छ । श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । यससँगै नेपाल बलिङमा रहनेछ । 

 यसअघि नेपालले तीन अभ्यास खेलमा जित हात पारेको थियो । अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा युएई प्रस्थान गर्ने छन् ।नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो  शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

नेपाल टिम-कप्तान सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल, आरिफ शेख

श्रीलंका कम्बाईन ११ -कप्तान थिसारा परेरा, थरंगा, सदुन विरकोडी, सेकुगे प्रसन्ना, दिलुरुवान परेरा, चमारा सिल्भा, धम्मिका प्रसाद, रमेश निमान्था, अनुक फर्नान्डो र दिलांका अवाभ्दत