विश्व इतिहासमा आजः पहिलो इस्लामिक गणतन्त्रदेखि फुटबल लिगको पहिलो बैठक
८ चैत २०७८, मङ्गलवार
८ चैत २०७८, मङ्गलवार
आज २३ मार्च २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः अन्तरिक्ष स्टेसन समुद्रमा - सन् २००१ मा रुसी अन्तरिक्ष स्टेसन मिर समुद्रमा डुबेको थियो । सो स्टेसनलाई अन्तरिक्षमा १५ वर्षपछि एक नियन्त्रित दुर्घटनामा डिस्पोज गरिएको थियो ।
एल साल्भाडोरका आर्कबिशपको हत्या - सन् १९८० मा आर्कबिशप ओस्कार रोमेरोले एल साल्भाडोरका सशस्त्र सेनाका सदस्यहरूलाई आफ्ना साथी साल्भाडोरियनहरूको हत्या रोक्न आह्वान गरेका थिए । उनको आह्वानको १ दिनपछि एउटा समूहले ओस्कारको हत्या गरेको थियो ।
पाकिस्तान विश्वकै पहिलो इस्लामिक गणतन्त्र - सन् १९५६ मा पाकिस्तान विश्वको पहिलो इस्लामिक गणतन्त्र घोषित भएको थियो । पाकिस्तानमा अहिलेको बंगलादेश वा पूर्वी पाकिस्तानको क्षेत्र पनि समावेश थियो, जुन सन् १९७१ मा अलग भयो ।
हिटलरलाइ असिमित शक्ति - सन् १९३३ मा जारी दी इनएबलिङ एक्ट अफ १९३३ ले एडोफ हिटलरलाई जर्मनीमा तानाशाही शक्ति प्रदान गरेको थियो ।
फुटबल लिगको पहिलो बैठक - सन् १८८८ मा फुटबल लिगको पहिलो बैठक भएको थियो । इङ्गल्याण्ड र वेल्सका टोलीहरू समावेश भएको लिग विश्वको सबैभन्दा पुरानो संघ फुटबल लिग थियो । सन् १९९२ मा शीर्ष २२ टिमले प्रिमियर लिग गठन गरेका थिए ।
© 2022 Live Nepal News
Designed by : Global Studio