विश्वकप लिग टु : नेपालाई दोस्रो अवसर
३० फागुन २०७८, सोमवार
३० फागुन २०७८, सोमवार
यूएईसँग पराजित भएपछि नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सकेन । अब फेरि नेपालले यूएईसँग खेल्नेछ, यसले पनि विश्वकप लिग टु क्रिकेटमा नेपालको आगामी यात्राबारे एक हदसम्म निर्धारण गर्ने छ ।
लिग टुको त्रिकोणात्मक श्रृंखला चैत १ देखि ८ गतेसम्म यूएईमा हुनेछ, जहाँ नेपालसहित घरेलु टोली यूएई र पपुवा न्युगिनी (पीएनजी) ले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली श्रीलंकामा अभ्यास गरेर यूएई पुगिसकेको छ । लगातार टी–२० क्रिकेट खेलिरहेको नेपालले श्रीलंकामा खेलेका चारवटा अभ्यास खेलमध्ये तीनवटा जित्यो ।
प्रशिक्षक पुबुदु दासानायकेले चार अभ्यास खेलमा टिममा भएका सबै १६ खेलाडीलाई परीक्षण गरेका थिए ।
पछिल्लो समय टी–२० क्रिकेट धेरै खेलेकाले पनि एकदिवशीयमा अभ्यस्त हुन गाह्रो भइरहेको छ । ५० ओभरको घरेलु प्रतियोगिता (प्रधानमन्त्री कप) पनि यसपल्ट टी–२० विश्वकप छनोटलाई मध्यनजर गर्दै टी–२० फर्म्याटमा खेलाइएको थियो ।
नेपालले पछिल्लो पटक गत सेप्टेम्बरमा अमेरिका र ओमान सम्मिलित श्रृंखला खेलेको थियो । जहाँ नेपालले दुवै टिम विरुद्ध एक–एक खेल जित्दा एक–एक खेलमा हार व्यहोरेको थियो । त्यसयता नेपालले एकदिवसीय म्याच खेलेको थिएन ।
यसमाथि नेपालसँग टी–२० र एकदिवशीय खेल्ने फरक टिम छैन । यद्यपि यो पटक टी–२० विश्वकप छनोट खेलेको नेपाली टोलीमा धेरै नै हेरफेर भएको छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio