व्यापारीबाट १ लाख ५७ हजार क्वीन्टल चामल किन्दै खाद्य कम्पनी
८ चैत २०७८, मङ्गलवार
८ चैत २०७८, मङ्गलवार
काठमाडौं, ९ चैत-सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीबाट चामल किन्न थालेको छ । सिजनमा किसानबाट न्यून मात्रामा धान किनेको खाद्यले देशभर १ लाख ५७ हजार ५ सय क्वीन्टल चामल किन्न थालेको हो ।कम्पनीका १० वटा प्रादेशिक र मुख्य शाखामार्फत चामल खरिदका लागि बोलपत्र स्वीकृत गरिएको छ । खाद्यको विर्तामोडस्थित मुख्य शाखाका लागि ५ हजार क्वीन्टल सोना मन्सुली र स्टिम जिरा खरिद गरिँदैछ ।
प्रादेशिक कार्यालय विराटनगरका लागि ४ हजार क्वीन्टल सोना मन्सुली, २ हजार क्वीन्टल स्टिम जिरा मसिनो र १ हजार क्वीन्टल स्टिम रन्जित चामल खरिद प्रक्रिया अगाडि बढेको छ ।त्यस्तै, मुख्य शाखा लहान र शाखा कार्यालय वीरगन्जका लागि २०/२० हजार क्वीन्टल, प्रादेशिक कार्यालय काठमाडौंका लागि ८ हजार ५ सय क्वीन्टल, प्रादेशिक कार्यालय भैरहवाका लागि ७ हजार क्वीन्टल, मुख्य कार्यालय नेपालगन्जका लागि २३ हजार क्वीन्टल र प्रादेशिक कार्यालय धनगढीका लागि ३७ हजार क्वीन्टल चामल किन्न छुट्टाछुट्टै बोलपत्र स्वीकृत भएको छ ।प्रादेशिक कार्यालय सुर्खेतका लागि २० हजार क्वीन्टल र मुख्य शाखा तुलसीपुरका लागि ४ हजार क्वीन्टल चामल किनिँदैछ ।
© 2022 Live Nepal News
Designed by : Global Studio