व्यास अल्ट्रा म्याराथनको उपाधि वेदबहादुरलाई
२८ फागुन २०७८, शनिवार
२८ फागुन २०७८, शनिवार
तनहुँ, २८ फागुन-पाँचौँ संस्करणको व्यास अल्ट्रा म्याराथनको उपाधि वेदबहादुर सुनुवारले जितेका छन् । शनिबार व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनको निर्धारित दुरी दुई घण्टा ५८ मिनेट ७ सेकेन्डमा पार गर्दै सुनुवारले उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद ८५ हजार ७८ रुपैयाँ प्राप्त गरेका छन् । सुनुवारले गत संस्करणमा तेस्रो स्थान हासिल गरेका थिए। सुनवारले तीन घण्टा १० मिनेट ५ सेकेन्डमा दुरी पार गर्दै गत बर्ष तेस्रो स्थान हासिल गरेका थिए ।
व्यास नगरपालिका–५ मानहुँकोटबाट सुरु भएको म्याराथन दमौली, कलेस्ती, वगुवा, रिस्ती हुँदै व्यास नगरपालिका–८ पुलिमराङ सहिद गाउँमा पुगेर टुंगिएको हो । ४४ किलोमिटर दुरीमा धावकहरू धौडिएका हुन् ।
तीन घण्टा पाँच मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै मोहनदेव जोशी दोस्रो भए । नवराज साउद तीन घण्टा नौ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । दोस्रो र तेस्रोले क्रमशः नगद ६५ हजार ७८ रुपैयाँ र ५५ हजार ७८ रुपैयाँ प्राप्त गरे । सुमन कुलुङ राईले तीन घण्टा १८ मिनेट ५७ सेकेन्ड, गोपाल तामाङले तीन घण्टा २४ मिनेट १५ सेकेन्ड, दुर्गबहादुर बुढाले तीन घण्टा २५ मिनेट १३ सेकेन्डमा, शेरबहादुर थारुले तीन घण्टा २५ मिनेट २६ सेकेन्ड र प्रमिश गुरुङले तीन घण्टा २६ मिनेट १ सेकेन्डमा ४४ किलोमिटर दुरी पार गर्दै सान्त्वना स्थान हासिल गरे । सान्त्वना स्थान हासिल गरेका पाँच जनाले जनही नगद १६ हजार ७८ रुपैयाँ पाएका छन् ।
गत बर्ष चौथो संस्करणको व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले तीन घण्टा तीन मिनेट ५१ सेकेण्डमा पार गर्दै जितेका थिए । सुमन कुलङ राईले तीन घण्टा आठ मिनेट एक सेकेन्डमा दुरी पार गर्दै दोस्रो भएका थिए । राई व्यास अल्ट्रा म्याराथनको तेस्रो संस्करणको उपाधि विजेता पनि हुन् । म्याराथनमा विदेशीसहित एक सय ७३ जना धावक दौडिएका थिए ।
व्यास नगरपालिकाले हरेक बर्ष १६ माघ सहिद दिवसको दिन आयोजना गर्दै आईरहेको व्यास अल्ट्रा म्याराथन कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएपछि स्थगित गरेर शनिबार गरेको हो । २४ फागुनमा नारी दिवसमा अवसरमा व्यास नगरपालिको दोस्रो महिला हाफ म्याराथन आयोजना गरेको थियो । कान्छीमाया कोजुले हाफ म्याराथनको उपाधि जितेकी थिइन् ।
© 2022 Live Nepal News
Designed by : Global Studio