Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

यु-१८ महिला साफ: दोस्रो खेलमा बंगलादेशको सामना गर्दै नेपाल

२ चैत २०७८, बुधवार

काठमाडौं, ३ चैत-पहिलो खेलमा आयोजक भारतसंग ७-० अन्तरले पराजित नेपालले जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ । जमसेदपुरमा हुने खेल साझ  सवा ७ बजे सुरु हुनेछ । बंगलादेश तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको छ । यद्यपि प्रीती राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजिमा छ । 

यता, बंगलादेश समेत पहिलो खेलमै जित निकाल्न चाहन्छ  । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्नेछ ।