युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई विमान सोमबार चीन पुगे
६ चैत २०७८, आइतवार
६ चैत २०७८, आइतवार
बेइजिङ, ७ चैत, -युक्रेनबाट चिनियाँ नागरिक बोकेर उडेका दुई विमान सोमबार सकुशल चीन पुगेका छन् । बिहान ८:०३ मा पहिलो उडान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दु पुगेको छ भने दोस्रो उडान बिहान ८:३९ मा मध्य चीनको झेङझाउ शहरमा पुगेको छ।
यस अघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान १७ अस्थायी उडानहरू भइसकेका छन् । रुस- युक्रेन द्वन्द्व शुरु भएयता विदेशी नागरिकहरूले युक्रेन छाड्ने क्रम तीव्र बनेको छ। (रासस-सिन्ह्वा)
© 2022 Live Nepal News
Designed by : Global Studio