युक्रेनले नेटोमा सामेल नहुने स्वीकार्नुपर्छः जेलेन्स्की
१ चैत २०७८, मङ्गलवार
१ चैत २०७८, मङ्गलवार
एजेन्सी - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश उत्तर एटलान्टिक सन्धी संगठन नेटोमा सामेल नहुने स्वीकार्नु पर्ने बताएका छन् । रुसीले युक्रेनमाथिको हमला थप तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीको भनाई आएको हो । युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेन नेटोको सदस्यता बन्ने चाहना देखाउनु पनि हो ।
‘यो प्रष्ट छ की युक्रेन नेटोको सदस्य होइन । यसलाई हामीले बुझ्नुपर्छ । हामी पर्याप्त मानिसहरु हौँ,’ सैन्य अधिकारीहरुसँगै बसेर एउटा भिडियो सम्मेलनमा उनले भने, ‘हामीले वर्षैदेखि सुनेका छौं की ढोकाहरु खुला थिए ।
हामीले यो पनि सुन्यौ की हामी नेटोमा आबद्ध हुन सक्छौं । यो सत्य हो र यसलाई पहिचान गर्नुपर्छ । ’आफ्नो देशले ‘नेटोको ढोका’ बन्द भएको स्वीकार गर्नुपर्ने उनले बताए ।
© 2022 Live Nepal News
Designed by : Global Studio