गुल्मीमा जीप दुर्घटना..
गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप पूर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाटको ओकेङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पूर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै…
महिलाहरुले राति सुत्दा ब्रा र पेन्टी खोलेर सुतेमा हुन्छन् यस्ता ५ फाईदाहरु !
दिनमा ब्रा र पे’न्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ । त्यसैले बानी बसालौं ! मानिसलाइ जति सजिलाे भयाे त्यति अाराम मिल्छ ।भित्री व’स्त्र खोलेर सुत्नुका केही फाइदा छन्ःआराम हुन्छ- ब्रा र पे’न्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वा’सप्रश्वा’समा अव’रोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र…
बाँकेमा हावाहुरीले बिजुलीको पोलहरु ढाल्दा विद्युत सेवा अवरुद्ध,केही व्यक्ति गम्भीर घाइते
हुरीले विद्युत् पोल ढाल्दा बाँकेको विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ। शनिबार साँझको हुरीबतासले कोहलपुरको हाईस्कुल नजिक एकै साथ ३/४ वटा बिजुलीको पोलहरु ढलेका हुन । पोलहरु ढल्दा नजिक भएका केही व्यक्तिहरू गम्भीर घाइते समेत भएका छन् । पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कैयौँ स्थानका बासिन्दा प्रभावित भएका छन् । थप विवरण आउन…
सिंगापुर भ्रमणमा जाँदै बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ सिंगापुर भ्रमणमा जाने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि बालेन सिंगापुर भ्रमणमा जाने निश्चित भएको हो । बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सहभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय…
मेयर बालेनको दाबी: सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरे
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्। मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको हो। ‘न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्,’ शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका…
केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला
म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट रेसा निकालि स्यानिटरी प्याड बनाउने सीप सिक्न थालेका छन् । आफ्नै घर, गाउँमा खेरा गैरहेका केराका थामलाई सदुपयोग गरी स्यानिटरी प्याड बनाउने अभियानलाई सफल बनाउन महिलाहरु तालिममा जुटेका हुन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत ५२ जना महिलाले केराको थामबाट रेसा निकालेर सेनेटरी प्याड र कपडा बनाउने…
ह्वात्तै बढ्यो सुनको भाउ, राख्यो ऐतिहासिक रेकर्ड
आज नेपाली बजारमा सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ। आज सुनको भाउ १ हजार ७०० रुपैयाँ बढेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै भाउ रेकर्ड बिन्दूमा पुगेको व्यवसायीहरु बताउँछन्। सरकारले चालु आवको बजेटमार्फत भन्सार दर ५ प्रतिशत बढाएर १५ प्रतिशत पुर्याइएकामा फेरि भन्सार ५ प्रतिशत…
कास्की को रुपा गाउपलिकामा हावाहुरीले १४ घरमा क्षति
हावाहुरीको कारण कास्कीको रुपा गाउँपालिकामा १४ घरमा क्षति पुगेको छ । बिहीबार साँझ आएको हावाहुरीका कारण रुपा गाउँपालिकाको विभिन्न स्थानहरुमा क्षति पुगेको हो । हावाहुरीको १४ घरमा क्षति पुगेको छ भने मानवीय तथा पशु चौपायमा भने क्षति भएको छैन । कास्की प्रहरीका अनुसार रुपा गाउँपालिका वडा नं। १ च्यार्पे स्थित नर माया गुरुङको २ तले…
जाजरकोटमा खाद्यान्न संकट, सरकारी खाद्य भण्डार रित्तै ! पीडामा गुज्रीदै स्थानीय
जाजरकोटका ग्रामीण भेगमा खाद्यान्न अभाव सुरु भएको छ। दुर्गम क्षेत्र जुनीचाँदे गाउँपालिकामा खाद्य सङ्कट परेको छ । जुनीचाँदेका जुर्क, निपाने, मैनपाखा, ढड्गाँउ, साकीयाँलगायतका गाउँमा खाद्यान्न नहुँदा स्थानियलाई निकै सास्ती भएको छ । खाद्य कम्पनीको बिक्री केन्द्रमा खाद्यान्न लिन जानेहरु चामल नहँदा हिजोआज रित्तै फर्कने गरेका छन् । जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका…
तीर्थयात्री बोकेको बस दुर्घटना, २२ जनाको मृत्यु
भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । ५७ जना घाइते भएका छन् । बस जम्मू–पुन्छ राजमार्गमा पर्ने कालीधर मन्दिर नजिकै टाङ्ली मोडमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले जनाएको छ । उत्तर प्रदेशको हातरस तथा हरियाणाको कुरुक्षेत्रबाट यात्रु बोकेर जम्मूको रियासीमा रहेको शिवखोरी धाम गइरहेको बस दुर्घटना हुदाँ आठ जना…
राष्ट्रपति पौडेल जाँदै छन् स्विजरल्याण्ड र जर्मनीकाे भ्रमण
राष्ट्रपति रामचन्द्र पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जेठ ३१ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र र जर्मनीको…
जीप दुर्घटना : चार मृत्तकमध्ये एकको शव रुखमा अड्किएको अवस्थामा भेटियो
र्खेत । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० जीप बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–१३ टाकुरी मोडमा दुर्घटना हुँदा चार जनाले घटनास्थलमै ज्यान गुमाए । दुई जना घाइते छन् । मृतकहरूको सनाखत भइसकेको छैन । एउटा शव रुखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–३ का अन्दाजी २८-२९ वर्षका नरी कामी…
सबै पहल हुँदा पनि अमेरिकाले सन्दीपलाई भिसा दिएन : क्यान
अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमार्फत जानकारी गराएको छ । क्यानले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन असमर्थता जनाएको उल्लेख गरेको छ । जेठ ९ गते पहिलोपटक भिसा अस्विकृत भएपछि आज दोस्रोपटक सन्दीपले अन्तर्वार्ता दिएका थिए । तर, आज…
कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु
कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ। बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए। उच्च गर्मीकै…
‘उपहार’ले रेखालाई के सिकायो ?
एक समय थियो, जतिबेल रेखा थापा अनुहार पोस्टरमा राखेकै भरमा फिल्म चल्ने गर्थ्यो । करिब एक दशक फिल्म क्षेत्रमा रेखा थापाले एक छत्र राज गरिन । तर, समय सधैं एकनाश हुँदैन । विगत ७/८ वर्षयता उनको स्टारडम हलमा देखिन सकेको छैन । गत फागुनमा आएको ‘उपहार’प्रति उनलाई धेरै ठूलो अपेक्षा थियो । तर, यसले पनि…